Thursday, September 10

उत्तर

म कुर्छु भन्थ्यो
मलाई कुराएर आयो ऊ !
अस्ताउदो सूर्य सँगै
अस्ताउदै थियो मेरो मुहार !
अलिकति रिसाए झै 
रिसमा मुस्कान मिसाए झै !

थांती बसेका अनेकौ मनका भारीहरु
बिसाउनु थियो उस्लाइ 
अलीकती गाजलु आँखाको डीलमा
अनि अलीकति यो मनको बलेसिमा
कतै जीवन बुझाउने चाहनाले
कतै आफुलाइ चिनाउने रहरले !

कालो छ भन्थ्यो आफ्नो भूत उसले
चियाउने कोशिस गर्दै थियो 
मेरो मनको आँखाले 
देख्यो, अं देख्यो सानो प्रकाश 
अध्यारोमा अझलेको उसको अतीतमा पनि 
आखिर रातमै त देखिन्छ जूनको उज्यालो !
त्यों जूनको शीतलता !

उसको बिगत नियाल्न
प्रयासरत  चोइटिएको आफ्नो मनलाइ
आफैले प्रश्न गरें अनि
"के सांचै प्रेम गर्न सकछस् तँ ,
स्विकारेर उसको कक्टेल जीवनलाइ?"
त्यति नै बेला 
म आफ्नो एक मुठी मुस्कान घुट्काउदै थिएँ 

1 comments:

Santos21 said...

शब्द जस्तै रंगीन जीवन हुन्थ्यो साथ तीम्ले दीए!
बीयर घुड़की भन्दा मात हुन्थ्यो साथ तीम्ले दीए!
त्यो जवानी के जवानी यक्लै यक्लै हुने भय!
खाईदेऊ कसम तीम्ले आज यो जीन्दगी संग संगै जीउने भय!
शब्द जस्तै रंगीन जीवन हुन्थ्यो साथ तीम्ले दीए।

Post a Comment

My Blog List

Powered by Blogger.