Friday, December 19

बिजुली



अचम्मै पो भयो आज खोइ त निभ्या बत्ती
मैन वत्ति नबलेर झेउ लाग्यो अति
सुनेको थेँ भरियो रे पानी टमाटम
अझै पनि झर्दै छ नि पानी झमझम ।

जोगाएर राख्यो अरे तराइको पानी
चाहिए पछि झिक्ने अरे त्यो पानिको खानी
अँध्यारोमै सिक्ने भयौँँ ए, बि, सि, डि हाम्ले
उल्लु जस्तै अध्यारोमा हेर्न सक्छौ हाम्ले ।।

जलस्रोतको धनी राष्ट्र नेपाल नै हो देश
सधै भरी बत्ति जाने यहि हो हाम्रो भेश
आँखा मात्रै अति झिम्काइस काठमाडैको बत्ती
भो भो पुग्यो बल्दै नबल ए बिजुली बत्ती ।।।

२०६४/९/१०

Monday, December 8

किनकी म छोरी भएर जन्मिएँ अरे !

केहि बर्षपछि
यो पिजड़ाबाट
सरुवा गरिनेछ मलाई ।

म जान्दिन त्यों अझ ठुलो हुन्छ
या एतिकै सानो
कि याे भन्दा अझै सानाे ।
तर पक्कै मेरो स्वतंत्रता
भेट्टाउने छैन मैले त्यँहा पनि !

निभाउनु पर्ने हाेला मैले
अनेकौ सम्बन्धहरु
कसैकी पत्नी
कसैकी बुहारी
कसैकी भाउजु
अं कसैकि आमा पनि,
तर अंह 'म' आफ्नो बन्न पाउने छैन
आफ्नो लागि केहि गर्न पाउने छैन ।

समाजले घेरेर राखेको पर्खाल
आंट र साहस बोकेर नाघ्न खोजुला म
तर पटक पटक
हरेक पटक
मेरो बिफलतामा गिज्याउने छ
त्यों पिजडाको मालिक
अझ भनु त्यँहाको संरक्षक,
"मेरो समाजले"मलाई ।

म हाँस्दा उत्ताउलि हुन्छु अरे
म नाच्दा अराजक बन्छु अरे
म खुलेर बोल्दा चरित्रहिन् अरे
बाेल्दै नबाेले घुस्घुसे अरे
थाहा छ किन ?
किनकी म छोरी भएर जन्मिएँ अरे ।

Wednesday, December 3

हितको माँया एक्कासी टाँढिदा पो थाहा भयो


हितको माँया एक्कासी टाँढिदा पो थाहा भयो
अलिकती माँया अन्तै, बांढिदा पो थाहा भयो

फिक्का फिक्क भयो क्यारे मेरो प्रित उस्कोलागि
अन्तै तिर प्रेमिल रङ, गाढिदा पो थाहा भयो

जल्ने धेरै हुन्थे होलान् हाम्रो जोडी देख्दा
पापी नजर लाग्यो क्यारे, भांढिदा पो थाहा भयो

स्वप्न यति सुन्दर थियो बिपना नै बिर्सिएछु
बिछोड कती घातक हुन्छ, छुटिदा पो थाहा भयो

My Blog List

Powered by Blogger.