Wednesday, December 3

हितको माँया एक्कासी टाँढिदा पो थाहा भयो


हितको माँया एक्कासी टाँढिदा पो थाहा भयो
अलिकती माँया अन्तै, बांढिदा पो थाहा भयो

फिक्का फिक्क भयो क्यारे मेरो प्रित उस्कोलागि
अन्तै तिर प्रेमिल रङ, गाढिदा पो थाहा भयो

जल्ने धेरै हुन्थे होलान् हाम्रो जोडी देख्दा
पापी नजर लाग्यो क्यारे, भांढिदा पो थाहा भयो

स्वप्न यति सुन्दर थियो बिपना नै बिर्सिएछु
बिछोड कती घातक हुन्छ, छुटिदा पो थाहा भयो

1 comments:

narottamadhikari.blogspot.com said...

यसमा पनि लाइक गर्ने अप्सन छैन भन्या, तिम्रा शब्द अनि ती शब्दहरुलाई गरेको संयोजन देखेर म त निशब्द हुन्छु, जब निशब्द भइन्छ अनि टुच्च फेव वा लाइकमात्रै गर्न मन लाग्छ, प्रशंसाका लागि शब्दहरुनै भेटिदैन, कुनै पनि शब्दहरुले भावदेखी गरेको प्रशंसाको न्यायोचित चित्रण गर्न नसक्ने मात्रै देख्छु ! :)

Post a Comment

My Blog List

Powered by Blogger.