Tuesday, January 27

आमा

धड्कनको चाल मन्द हुँदा
बाँच्ने चाह नै बन्द हुँदा
आफ्नै आँतलाई सुकाएर
नौ महिना कुरीरहिन्
पाठेघरमा लुकाएर ।

कति धामा गरीन् सुन
मलाई अमृत पिलाउन
भरीदिईन् यता, आफू निर्खीएर
गल्दै गइन् अनी किन ?
मलाई हुर्काएर ।

सपना उन्को भविष्य मेरो
बनाइथीन् “ज्ञानी“ बनाउने घेरो
आफ्नै हातले, अक्षर चिनाएर
ती हातलाई लुलो पारीन्
मेरो तङ्राएर ।

अभावको सुगन्ध, कैले चिनीन
जानीनन् किन, उन्ले पीडा दिन
दुःख जिलो, गर्दै पढाएर
आफू उस्तै रहिरहिन्
मलाई बढाएर ।

पार्स्व पिडालाई स्वीकारी
जिवन सँग नहारी
आफ्नै आत्मा भुलाएर
अन्तर शरीर च्याती उन्ले
के पाइन् मलाई जन्माएर ?

सेतोपाटीमा  प्रकाशित मिति: शनिबार, बैशाख ५

http://setopati.com/sahityapati/27062/

Tuesday, January 13

गजल


तिम्रै नाउँमा आज एउटा गुलाव पठाकी छु
संगै एउटा चिट्ठीमा जवाफ पठाकी छु ।



हदै पार गर्‍यो अरे मेरो पागलपनले
घरी रुने घरी हाँस्ने, स्वभाव पठाकी छु



मेरो मुटु लिन आउनु तिम्रो ब्यापार घाटा भए
लीलामी नै गर्यौ माया, हिसाब पठाकी छु ।



उभिन्छौ त भन एक ताल प्रेमिल कठ्घरामा ?
खुशी हुनु तिम्रै भागको निसाफ पठाकी छु ।






My Blog List

Powered by Blogger.