दन्दन् चिता माथि
बल्दै थियो मेरो प्रेम
दहासँस्कार गरीदिएँँ
म खुद एक्लैले देखेको
तिमीसँग को सहकार्यको
अमुल्य सपना ।
अस्थ ब्यस्थ थियो
ईयरपोर्टको माहोल
सुटुक्क ईन्ट्री गेटबाट धकलिदिएँँ
म खुद एक्लैले देखेको
तिमीसँग को सहयात्राको
अमुल्य सपना ।
चियाउदै थियो बस्पार्कमा
त्यो निलो बसबाट
ब्यवास्था गरेर पान्छिएँँ
म खुद एक्लैले देखेको
तिमी सँगको जीवनयात्राको
अमुल्य सपना ।
नअाउनु याद भक्कानिएको बेला
त्यो काखलाई साहारा बनाउने चाहनामा
पुन: जन्म होला
म खुद एक्लैले देख्ने
तिमी सँगको मिठो साथको
अमुल्य सपना ।
Sunday, November 16
Sunday, November 2
दिन सक्छौ ?साचै एउटा गुन देऊ एकपटक !
दिन सक्छौ ?साचै एउटा गुन देऊ एकपटक !
तिमि मेरो,मलाई तिम्रो हुन देऊ एकपटक !!
नखसोस कहिले त्यो मोती दाना आँखाबाट
खसिहाल्यो येदी भने,छुन देऊ एकपटक !!
माग्दीन म अप्राप्य खुसी आफ्नो लागी
कसम भन्दिन कहिलै,जून देऊ एकपटक !!
बीसाई दिन्छु सबै पिडा काख राखी साँची
अङ्गालेर घुक्क घुक्क रुन देऊ एकपटक !!
तिमि मेरो,मलाई तिम्रो हुन देऊ एकपटक !!
नखसोस कहिले त्यो मोती दाना आँखाबाट
खसिहाल्यो येदी भने,छुन देऊ एकपटक !!
माग्दीन म अप्राप्य खुसी आफ्नो लागी
कसम भन्दिन कहिलै,जून देऊ एकपटक !!
बीसाई दिन्छु सबै पिडा काख राखी साँची
अङ्गालेर घुक्क घुक्क रुन देऊ एकपटक !!
Tuesday, October 28
फुले पछि फूल झर्नै पर्ने येहाँ
फुले पछि फूल झर्नै पर्ने येहाँ
जन्मे पछि मान्छे मर्नै पर्ने येहाँ !
घृणा स्वार्थ मात्रै देखिन्छ नि किन
प्रेमको बिउ तर, छर्नै पर्ने येहाँ !!
दुई जोडी मलामी त्यो कमाउनलाइ
मर्नु अघि केही गर्नै पर्ने येहाँ !!!
चल्नै पर्ने नियम यो जिन्दगीको चक्र
बच्चा बाट बुढ्यौलीमा सर्नै पर्ने येहाँ !
बनाइदिए किन रीती इश्वरले
मानिसको चोला फ़ेर्नै पर्ने येहाँ !!!
जन्मे पछि मान्छे मर्नै पर्ने येहाँ !
घृणा स्वार्थ मात्रै देखिन्छ नि किन
प्रेमको बिउ तर, छर्नै पर्ने येहाँ !!
दुई जोडी मलामी त्यो कमाउनलाइ
मर्नु अघि केही गर्नै पर्ने येहाँ !!!
चल्नै पर्ने नियम यो जिन्दगीको चक्र
बच्चा बाट बुढ्यौलीमा सर्नै पर्ने येहाँ !
बनाइदिए किन रीती इश्वरले
मानिसको चोला फ़ेर्नै पर्ने येहाँ !!!
Monday, October 20
म गजल लेख्दिन्छु, अनि गीत लेख्दिन्छु
म गजल लेख्दिन्छु, अनि गीत लेख्दिन्छु
दुनियाले इर्ष्या गर्ने, प्रीत लेख्दिन्छु !!
बन्न सके "हामी" मिलेर "तिमि" अनि "म"
भन साथ दिन्छौ? मिठो अतित लेख्दिन्छु !!
प्रतिस्पर्दी बनाउछौ येदि माँयाको खेलमा
मै हारेर बरु तिम्रै , जित लेख्दिन्छु !!
तिम्रो मुस्कान अनि सफल जिन्दगीको कथा
मेरो पीड़ा अनि आँसू , सित लेख्दिन्छु !!
दुनियाले इर्ष्या गर्ने, प्रीत लेख्दिन्छु !!
बन्न सके "हामी" मिलेर "तिमि" अनि "म"
भन साथ दिन्छौ? मिठो अतित लेख्दिन्छु !!
प्रतिस्पर्दी बनाउछौ येदि माँयाको खेलमा
मै हारेर बरु तिम्रै , जित लेख्दिन्छु !!
तिम्रो मुस्कान अनि सफल जिन्दगीको कथा
मेरो पीड़ा अनि आँसू , सित लेख्दिन्छु !!
Wednesday, September 3
धमिलिएको अतित
गर्दिन प्रेम
स्वार्थमा लुट्पुटिएको
तिम्रो भावनालाई
तिम्रो मनलाई
हो, तिमीलाई ।
लाग्दैन बिश्वास,
अविश्वासले घेरेको
तिम्रो संकुचित सोच
गिरेको मानसिक्ता
अनि देखावटि प्रेमको ।।
आउदैन याद,
सपना देखाई टोड्नेको
बिचैमा साथ छोड्नेको
आशु दिई हिड्नेको
मेरो हांसो छिन्नेको ।।।
प्रश्न गर्छु,
सक्छौ फर्काउन?
अविश्वासले क़ब्ज़ा गरेको बिश्वास
घृणाले घेरीएको प्रेम
अनि धमिलिएको मेरो अतित ???
स्वार्थमा लुट्पुटिएको
तिम्रो भावनालाई
तिम्रो मनलाई
हो, तिमीलाई ।
लाग्दैन बिश्वास,
अविश्वासले घेरेको
तिम्रो संकुचित सोच
गिरेको मानसिक्ता
अनि देखावटि प्रेमको ।।
आउदैन याद,
सपना देखाई टोड्नेको
बिचैमा साथ छोड्नेको
आशु दिई हिड्नेको
मेरो हांसो छिन्नेको ।।।
प्रश्न गर्छु,
सक्छौ फर्काउन?
अविश्वासले क़ब्ज़ा गरेको बिश्वास
घृणाले घेरीएको प्रेम
अनि धमिलिएको मेरो अतित ???
Tuesday, August 26
निकम्मा जिन्दगी
हस्पिटलको आईसीयुमा
अश्वस्थ अनि अचेत देखिन्छ
बोलाउदा बोल्दैन
खोल्दैन आंखा पनि ।
आवाज निकाल्दै छ
बैज्ञानीक यन्त्रहरुले
सायद शास बाकी रहेको
झिनो आशमा भ्रम फैलाउदै छ
हो, ध्वनि प्रदुषण मात्र.. ।
टम्म मुख थुनिएको
अक्सिजन माक्स
खै शास खोस्दैछ
या त दिदै छ ।
एकापटि एउटा सीसी
रातो तरल पदार्थ
सल्लललल बगेर आउदैछ
टुलुटुलु हरे बस् हेरीरहे ।
सेतो पहिरनमा
एउटा अधबैसी पुरुष
धारिलो चिजको प्रहार
अंह दुखेन ।
जिउदो लाश,
न मुस्काउछ
न त झार्छ थोपा आशु
तिनै बैज्ञानीक यन्त्रहरुसंग
सम्बन्ध गांसेर
भर्पुर आन्नद लिदै छ
निकम्मा जिन्दगी ।
अश्वस्थ अनि अचेत देखिन्छ
बोलाउदा बोल्दैन
खोल्दैन आंखा पनि ।
आवाज निकाल्दै छ
बैज्ञानीक यन्त्रहरुले
सायद शास बाकी रहेको
झिनो आशमा भ्रम फैलाउदै छ
हो, ध्वनि प्रदुषण मात्र.. ।
टम्म मुख थुनिएको
अक्सिजन माक्स
खै शास खोस्दैछ
या त दिदै छ ।
एकापटि एउटा सीसी
रातो तरल पदार्थ
सल्लललल बगेर आउदैछ
टुलुटुलु हरे बस् हेरीरहे ।
सेतो पहिरनमा
एउटा अधबैसी पुरुष
धारिलो चिजको प्रहार
अंह दुखेन ।
जिउदो लाश,
न मुस्काउछ
न त झार्छ थोपा आशु
तिनै बैज्ञानीक यन्त्रहरुसंग
सम्बन्ध गांसेर
भर्पुर आन्नद लिदै छ
निकम्मा जिन्दगी ।
चाहना
छताछुल्ल पोखिएको
खुशीहरु संगालेर
अंजुलीभरी
थुनेर राखुला म ।
छ़्याल्ल ब्याल्ल छन्
मुस्कानहरु समेटेर
हरेक ओठहरुमा
सजाईदिउला म ।
आशु,रुवाई त संकुचित छ
बन्द कोठा भित्र
क्वा क्वा
त्यो बन्दन
खुलाईदिउला म ।
अँ स्वप्न हैन संसार
जिवनका दुई पाटो
सुख अनि दुख
के भो र मिलेर कटाउला
बनेर "हामी" तिमी र म ।
खुशीहरु संगालेर
अंजुलीभरी
थुनेर राखुला म ।
छ़्याल्ल ब्याल्ल छन्
मुस्कानहरु समेटेर
हरेक ओठहरुमा
सजाईदिउला म ।
आशु,रुवाई त संकुचित छ
बन्द कोठा भित्र
क्वा क्वा
त्यो बन्दन
खुलाईदिउला म ।
अँ स्वप्न हैन संसार
जिवनका दुई पाटो
सुख अनि दुख
के भो र मिलेर कटाउला
बनेर "हामी" तिमी र म ।
Subscribe to:
Posts (Atom)
My Blog List
Powered by Blogger.