Tuesday, October 28

फुले पछि फूल झर्नै पर्ने येहाँ

फुले पछि फूल झर्नै पर्ने येहाँ
जन्मे पछि मान्छे मर्नै पर्ने येहाँ !

घृणा स्वार्थ मात्रै देखिन्छ नि किन
प्रेमको बिउ तर, छर्नै पर्ने येहाँ !!

दुई जोडी मलामी त्यो कमाउनलाइ
मर्नु अघि केही गर्नै पर्ने येहाँ !!!

चल्नै पर्ने नियम यो जिन्दगीको चक्र
बच्चा बाट बुढ्यौलीमा सर्नै पर्ने येहाँ !

बनाइदिए किन रीती इश्वरले
मानिसको चोला फ़ेर्नै पर्ने येहाँ !!!

0 comments:

Post a Comment

My Blog List

Powered by Blogger.