Tuesday, March 1

नजित्दैमा सधैभरी हार हुने भए

नजित्दैमा सधैभरी हार हुने भए
फूल छेऊका सबै पात झार हुने भए ।

को रुन्थ्यो र भोको गरीब भएर
धनीमानी सबै यहाँ दिलदार हुने भए ।

दिने थेनौ  तिम्ले सायद चोट यति धेरै
दुख्दा सबै रुन्छन्, भन्ने बिचार हुने भए ।

बगाउथेँ तप्पतप्प आँशुसँगै यादहरु
नयनलाई तिम्रो तस्वीर भार हुने भए ।

0 comments:

Post a Comment

My Blog List

Powered by Blogger.