Tuesday, January 27

आमा

धड्कनको चाल मन्द हुँदा
बाँच्ने चाह नै बन्द हुँदा
आफ्नै आँतलाई सुकाएर
नौ महिना कुरीरहिन्
पाठेघरमा लुकाएर ।

कति धामा गरीन् सुन
मलाई अमृत पिलाउन
भरीदिईन् यता, आफू निर्खीएर
गल्दै गइन् अनी किन ?
मलाई हुर्काएर ।

सपना उन्को भविष्य मेरो
बनाइथीन् “ज्ञानी“ बनाउने घेरो
आफ्नै हातले, अक्षर चिनाएर
ती हातलाई लुलो पारीन्
मेरो तङ्राएर ।

अभावको सुगन्ध, कैले चिनीन
जानीनन् किन, उन्ले पीडा दिन
दुःख जिलो, गर्दै पढाएर
आफू उस्तै रहिरहिन्
मलाई बढाएर ।

पार्स्व पिडालाई स्वीकारी
जिवन सँग नहारी
आफ्नै आत्मा भुलाएर
अन्तर शरीर च्याती उन्ले
के पाइन् मलाई जन्माएर ?

सेतोपाटीमा  प्रकाशित मिति: शनिबार, बैशाख ५

http://setopati.com/sahityapati/27062/

Tuesday, January 13

गजल


तिम्रै नाउँमा आज एउटा गुलाव पठाकी छु
संगै एउटा चिट्ठीमा जवाफ पठाकी छु ।



हदै पार गर्‍यो अरे मेरो पागलपनले
घरी रुने घरी हाँस्ने, स्वभाव पठाकी छु



मेरो मुटु लिन आउनु तिम्रो ब्यापार घाटा भए
लीलामी नै गर्यौ माया, हिसाब पठाकी छु ।



उभिन्छौ त भन एक ताल प्रेमिल कठ्घरामा ?
खुशी हुनु तिम्रै भागको निसाफ पठाकी छु ।






Friday, December 19

बिजुली



अचम्मै पो भयो आज खोइ त निभ्या बत्ती
मैन वत्ति नबलेर झेउ लाग्यो अति
सुनेको थेँ भरियो रे पानी टमाटम
अझै पनि झर्दै छ नि पानी झमझम ।

जोगाएर राख्यो अरे तराइको पानी
चाहिए पछि झिक्ने अरे त्यो पानिको खानी
अँध्यारोमै सिक्ने भयौँँ ए, बि, सि, डि हाम्ले
उल्लु जस्तै अध्यारोमा हेर्न सक्छौ हाम्ले ।।

जलस्रोतको धनी राष्ट्र नेपाल नै हो देश
सधै भरी बत्ति जाने यहि हो हाम्रो भेश
आँखा मात्रै अति झिम्काइस काठमाडैको बत्ती
भो भो पुग्यो बल्दै नबल ए बिजुली बत्ती ।।।

२०६४/९/१०

Monday, December 8

किनकी म छोरी भएर जन्मिएँ अरे !

केहि बर्षपछि
यो पिजड़ाबाट
सरुवा गरिनेछ मलाई ।

म जान्दिन त्यों अझ ठुलो हुन्छ
या एतिकै सानो
कि याे भन्दा अझै सानाे ।
तर पक्कै मेरो स्वतंत्रता
भेट्टाउने छैन मैले त्यँहा पनि !

निभाउनु पर्ने हाेला मैले
अनेकौ सम्बन्धहरु
कसैकी पत्नी
कसैकी बुहारी
कसैकी भाउजु
अं कसैकि आमा पनि,
तर अंह 'म' आफ्नो बन्न पाउने छैन
आफ्नो लागि केहि गर्न पाउने छैन ।

समाजले घेरेर राखेको पर्खाल
आंट र साहस बोकेर नाघ्न खोजुला म
तर पटक पटक
हरेक पटक
मेरो बिफलतामा गिज्याउने छ
त्यों पिजडाको मालिक
अझ भनु त्यँहाको संरक्षक,
"मेरो समाजले"मलाई ।

म हाँस्दा उत्ताउलि हुन्छु अरे
म नाच्दा अराजक बन्छु अरे
म खुलेर बोल्दा चरित्रहिन् अरे
बाेल्दै नबाेले घुस्घुसे अरे
थाहा छ किन ?
किनकी म छोरी भएर जन्मिएँ अरे ।

Wednesday, December 3

हितको माँया एक्कासी टाँढिदा पो थाहा भयो


हितको माँया एक्कासी टाँढिदा पो थाहा भयो
अलिकती माँया अन्तै, बांढिदा पो थाहा भयो

फिक्का फिक्क भयो क्यारे मेरो प्रित उस्कोलागि
अन्तै तिर प्रेमिल रङ, गाढिदा पो थाहा भयो

जल्ने धेरै हुन्थे होलान् हाम्रो जोडी देख्दा
पापी नजर लाग्यो क्यारे, भांढिदा पो थाहा भयो

स्वप्न यति सुन्दर थियो बिपना नै बिर्सिएछु
बिछोड कती घातक हुन्छ, छुटिदा पो थाहा भयो

Sunday, November 16

एक तर्फी प्रेम (one-sided Love)

दन्दन् चिता माथि
बल्दै थियो मेरो प्रेम
दहासँस्कार गरीदिएँँ
म खुद एक्लैले देखेको
तिमीसँग को सहकार्यको
अमुल्य सपना ।

अस्थ ब्यस्थ थियो
ईयरपोर्टको माहोल
सुटुक्क ईन्ट्री गेटबाट धकलिदिएँँ
म खुद एक्लैले देखेको
तिमीसँग को सहयात्राको
अमुल्य सपना ।

चियाउदै थियो बस्पार्कमा
त्यो निलो बसबाट
ब्यवास्था गरेर पान्छिएँँ
म खुद एक्लैले देखेको
तिमी सँगको जीवनयात्राको
अमुल्य सपना ।

नअाउनु याद भक्कानिएको बेला
त्यो काखलाई साहारा बनाउने चाहनामा
पुन: जन्म होला
म खुद एक्लैले देख्ने
तिमी सँगको मिठो साथको
अमुल्य सपना ।

Sunday, November 2

दिन सक्छौ ?साचै एउटा गुन देऊ एकपटक !

दिन सक्छौ ?साचै एउटा गुन देऊ एकपटक !
तिमि मेरो,मलाई तिम्रो हुन देऊ एकपटक !!

नखसोस कहिले त्यो मोती दाना आँखाबाट
खसिहाल्यो येदी भने,छुन देऊ एकपटक !!

माग्दीन म अप्राप्य खुसी आफ्नो लागी
कसम भन्दिन कहिलै,जून देऊ एकपटक !!

बीसाई दिन्छु सबै पिडा काख राखी साँची
अङ्गालेर घुक्क घुक्क रुन देऊ एकपटक !!


My Blog List

Powered by Blogger.