Tuesday, January 27

आमा

धड्कनको चाल मन्द हुँदा
बाँच्ने चाह नै बन्द हुँदा
आफ्नै आँतलाई सुकाएर
नौ महिना कुरीरहिन्
पाठेघरमा लुकाएर ।

कति धामा गरीन् सुन
मलाई अमृत पिलाउन
भरीदिईन् यता, आफू निर्खीएर
गल्दै गइन् अनी किन ?
मलाई हुर्काएर ।

सपना उन्को भविष्य मेरो
बनाइथीन् “ज्ञानी“ बनाउने घेरो
आफ्नै हातले, अक्षर चिनाएर
ती हातलाई लुलो पारीन्
मेरो तङ्राएर ।

अभावको सुगन्ध, कैले चिनीन
जानीनन् किन, उन्ले पीडा दिन
दुःख जिलो, गर्दै पढाएर
आफू उस्तै रहिरहिन्
मलाई बढाएर ।

पार्स्व पिडालाई स्वीकारी
जिवन सँग नहारी
आफ्नै आत्मा भुलाएर
अन्तर शरीर च्याती उन्ले
के पाइन् मलाई जन्माएर ?

सेतोपाटीमा  प्रकाशित मिति: शनिबार, बैशाख ५

http://setopati.com/sahityapati/27062/

4 comments:

narottamadhikari.blogspot.com said...

बुने,,

के खायो भने फुर्छ यस्तो कविता |
पहिले त त्यहि कवितामै भुलें,
अनि यस्तै म पनि लेख्न सक्छु कि सोचें अहँ, सबैमा कहाँ हुन्छ र यस्तो कला ? :)

subash said...

मित्र गरिमा जि! सर्बप्रथम त यहाँ लाई इ सुन्दर शब्द सुमन को लागि अन्तर हृदय बाट नै नमन ! हुन त आमा शब्द को बर्णन जति गरेपनी कम नै हुन्छ ! तपाईं ले तपाईं को रचना मर्फत आमा प्रती गर्नु भयेको श्रद्धा आति नै हृदयस्पर्सी छ । 🌹

गरिमा :) said...

कती मिठो कमेन्ट छोड्नु भएको नरोत्तम दाजुले कविता भन्दा धेरै त कमेन्ट पढ्न मन लागो,राम्रो त के हुन्थ्यो र तर राम्रो लेख्ने प्रयास सधै गर्ने छु हजुर हरुको हौसला साथ मा रहुन्जेल । :)

Suresh said...

वास्तवमै राम्रो कविता आमालाई समर्पित

Post a Comment

My Blog List

Powered by Blogger.