Monday, December 8

किनकी म छोरी भएर जन्मिएँ अरे !

केहि बर्षपछि
यो पिजड़ाबाट
सरुवा गरिनेछ मलाई ।

म जान्दिन त्यों अझ ठुलो हुन्छ
या एतिकै सानो
कि याे भन्दा अझै सानाे ।
तर पक्कै मेरो स्वतंत्रता
भेट्टाउने छैन मैले त्यँहा पनि !

निभाउनु पर्ने हाेला मैले
अनेकौ सम्बन्धहरु
कसैकी पत्नी
कसैकी बुहारी
कसैकी भाउजु
अं कसैकि आमा पनि,
तर अंह 'म' आफ्नो बन्न पाउने छैन
आफ्नो लागि केहि गर्न पाउने छैन ।

समाजले घेरेर राखेको पर्खाल
आंट र साहस बोकेर नाघ्न खोजुला म
तर पटक पटक
हरेक पटक
मेरो बिफलतामा गिज्याउने छ
त्यों पिजडाको मालिक
अझ भनु त्यँहाको संरक्षक,
"मेरो समाजले"मलाई ।

म हाँस्दा उत्ताउलि हुन्छु अरे
म नाच्दा अराजक बन्छु अरे
म खुलेर बोल्दा चरित्रहिन् अरे
बाेल्दै नबाेले घुस्घुसे अरे
थाहा छ किन ?
किनकी म छोरी भएर जन्मिएँ अरे ।

3 comments:

Shilan said...

अनी हामी कसैको पति , कसैको ज्वाँई र कसैको बाबा । स्वतन्त्रता त पुरुषलाई नि कहाँ छ र ??

Garima :) said...

हामी कसैकी पत्नी, भाउजु, बुहारी अनी आमा भएर स्वोतन्त्र छैनौ भनेको हो र ? तिमी आलु :D

Shilan said...

"कसैकी पत्नी
कसैकी बुहारी
कसैकी भाउजु "
यस्को के अर्थ नि ??

Post a Comment

My Blog List

Powered by Blogger.