Sunday, November 2

दिन सक्छौ ?साचै एउटा गुन देऊ एकपटक !

दिन सक्छौ ?साचै एउटा गुन देऊ एकपटक !
तिमि मेरो,मलाई तिम्रो हुन देऊ एकपटक !!

नखसोस कहिले त्यो मोती दाना आँखाबाट
खसिहाल्यो येदी भने,छुन देऊ एकपटक !!

माग्दीन म अप्राप्य खुसी आफ्नो लागी
कसम भन्दिन कहिलै,जून देऊ एकपटक !!

बीसाई दिन्छु सबै पिडा काख राखी साँची
अङ्गालेर घुक्क घुक्क रुन देऊ एकपटक !!


1 comments:

Unknown said...

nikkai ramro lagyo ..gajal

Post a Comment

My Blog List

Powered by Blogger.