म कुर्छु भन्थ्यो
मलाई कुराएर आयो ऊ !
अस्ताउदो सूर्य सँगै
अस्ताउदै थियो मेरो मुहार !
अलिकति रिसाए झै
रिसमा मुस्कान मिसाए झै !
थांती बसेका अनेकौ मनका भारीहरु
बिसाउनु थियो उस्लाइ
अलीकती गाजलु आँखाको डीलमा
अनि अलीकति यो मनको बलेसिमा
कतै जीवन बुझाउने चाहनाले
कतै आफुलाइ चिनाउने रहरले !
कालो छ भन्थ्यो आफ्नो भूत उसले
चियाउने कोशिस गर्दै थियो
मेरो मनको आँखाले
देख्यो, अं देख्यो सानो प्रकाश
अध्यारोमा अझलेको उसको अतीतमा पनि
आखिर रातमै त देखिन्छ जूनको उज्यालो !
त्यों जूनको शीतलता !
उसको बिगत नियाल्न
प्रयासरत चोइटिएको आफ्नो मनलाइ
आफैले प्रश्न गरें अनि
"के सांचै प्रेम गर्न सकछस् तँ ,
स्विकारेर उसको कक्टेल जीवनलाइ?"
त्यति नै बेला म आफ्नो एक मुठी मुस्कान घुट्काउदै थिएँ
Thursday, September 10
जीवन एक क्याक्टस
भनिन्छ “हिजो जो गैसक्यो त्यसलाई सम्झेर निराश नहुनु अनि भोलि जो आउनै बाँकी छ, त्यसलाई सम्झेर नआत्तिनू। भूतलाई र भविष्यलाई सम्झनु केवल समयको बर्बादी मात्र हो।” तर वर्तमानलाई भूतले डोर्याइरहेको हुन्छ अनि भविष्यलाई वर्तमानले। कालहरू एक अर्कासँग यसरी जोडिन्छन् अनि म कसरी भुलौँ त्यो अतितलाई जसले मेरो आजलाई मसँग ठोक्काएको छ? म त भन्छु ‘भोलि’ जिउन ‘हिजो’लाई कहिल्यै बिर्सनु हुँदैन।
लाग्छ भूत साँच्चिकै भूत जस्तै हुन्छ, तर्साउँछ, सताउँछ, दुखाउँछ अनि रुवाउँछ पनि। तर यति याद राख्नु पर्छ त्यही भूतको डरले नै पीडा भुलाएर आजसँग हाँस्न सिकाउँछ भोलि सम्झी जिउन सिकाउँछ। यसरी बुझ्दा त एउटा जिन्दगी यिनै कालहरूसँग जोडिएर बनेको हुने रहेछ।
जीवन सरल छ उच्चारण गर्दा, त्यति नै सरल लाग्छ, सरल तरिकाले बुझ्न खोज्दा। तर जति जति गहिराई खोतल्दै गयो त्यति त्यति जटिल जटिल बनिदिन्छ जिन्दगी। जीवनका परिभाषाहरू अलग अलग छन् त्यस्तै अलग अलग हुन्छन् जीउने बहाना र तरिकाहरू पनि। कहिलेकाहिँ फूलहरू, ताराहरू, पवन, आकास, जून, झरी यस्तै प्रकृतिका सुन्दर नमूनाहरूसँग बात मार्दा म खोतल्ने गर्छु जीवन जिउनै पर्ने कारणहरू र त्यही कारणको खोजी गर्नु नै जीवन जिउने मिठो बहाना बनेर आइदिन्छ निष्कर्षमा।
मानिसहरू झुकिन्छन् एउटा प्रश्नमा आएर, हामी आखिर बाँच्नको लागि जिउँदै छौँ या मर्नको लागि? अन्तिम विन्दु नियाल्ने हो भने त हामी मृत्युकै लागि संर्घष गर्दैछौँ न कि जिउनका लागि। जीवन भ्रमहरूकै आँखीझ्याल हो। हामी रुन पर्ने कुरामा हाँस्छौँ अनि हाँस्न पर्ने कुरामा रुन्छौँ। हामी आजीवन संघर्ष गर्छौँ सन्तुष्टीका लागि। के मृत्युले कहिले सन्तुष्टिको मापन गर्न सक्ला र? खै मलाई लाग्दैन मृत्युसँग कोही सन्तुष्ट हुन्छ। तर आखिर सत्य त त्यही मृत्यु मात्र हो जीवन त दलदल हो भ्रमहरूको सञ्जाल हो।
नियति छ जीवन बनाउने। कुनै जीवनलाई रङ्गीन क्यानभाषमा बनाउँछ कुनैलाई श्यामश्वेत पाटीमा, त्यसैले त होला नि आफ्नो जीवनलाई नजिकबाट नियाल्दा कसैले रङ्गीन भेट्टाउँछन् कसैले ब्लाक एन्ड ह्वाइट। यही कारणले होला जीवनको परिभाषा भोगाइ पिच्छे नै भिन्न भिन्न बनेको।
मानिसहरू जीवनलाई सुन्दर फूलहरूसँग तुलना गर्छन। कोही काँडाबीच फुल्ने गुलाब भन्छन् जीवनलाई, अनि कोही हिलोबीच फुल्ने कमल मान्छन्, बुझाई आ–आफ्नै हो।
मानिस स्वभावैले स्वार्थी हुन्छ। आकाङ्क्षासँगै बढ्छ मान्छेको स्वार्थपन पनि। ऊ आफ्नो जस्तै दुख अरुको देख्दा रमाउँछ। आफ्नो जस्तै पीडा अरुको देख्दा उसको दुख कम हुन्छ अनि त्यही दुख, चोट, पीडा, वेदना, आँसु जस्ता काँडाहरूलाई आफूभित्रै जोडेर पनि मुस्काउन सिक्दछ। त्यसैले मलाई लाग्छ मानिसको जीवन मरुभूमिमा पानी बिनै पनि फुल्न सक्ने हरियो काँडे क्याक्टस जस्तै हो जो अरुलाई दुखाउँदा पनि फुलिरहन्छ अनि हाँसिरहन्छ।
पहिलो पोस्टमा प्रकाशित मिती २३ जेठ २०७२

पिँजडा
पुस्तौँ पुस्तादेखि
पिँजडामा बन्द म छोरी
केही वर्षपछि
यो पिँजडाबाट
सरुवा गरिनेछ मलाई।
म जान्दिन,
त्यो अझ ठूलो हुन्छ
या यत्तिकै सानो
कि त यो भन्दा अझै सानो।
यो पिँजडाबाट त्यो पिँजडामा
सिर्फ सारिन्छ वा, साटफेर गरिन्छ
तर पक्कै भेट्टाउने छैन मैले
आफ्नो स्वतन्त्रता त्यहाँ पनि।
कयौँ सम्बन्ध निभाउनु पर्ने होला
कसैकी पत्नी
कसैकी बुहारी
कसैकी भाउजू
अँ कसैकी आमा पनि
तर अहँ म नितान्त ‘म’ बन्न पाउने छैन।
आफ्ना थाँती बसेका रहरहरू
असहाय टुहुरा बनेर छट्पटाउने छन्
समाजले घेरेर राखेको पर्खाल
आँट र साहस बोकेर नाघ्न मनाही हुन्छ।
पटक पटक, हरेक पटक
मेरो बिफलताले मैलाई गिज्जाउने छ
पिँजडाको मालिक
अझ भनौँ त्यहाँको संरक्षक,
‘मेरो समाज’ ले मलाई
बन्द पिँजडामै सजाउने छ।
म हाँस्दा उत्ताउली हुन्छु अरे
म नाच्दा अराजक बन्छु अरे
खुलेर बोल्दा चरित्रहिन
बोल्दै नबोल्दा घुसघुसे अरे
थाहा छ किन?
किनकि म छोरी भएर जन्मिएँ अरे।
भन ए सभ्यता र स्वतन्त्रताका पुजारी हो !
यो निर्मम पिँजडा भत्काउने कहिले हो?
पहिलो पोस्टमा प्रकाशित मिती ५ असार २०७२
http://www.pahilopost.com/content/-5106.html#sthash.NrNtbWLI.gbpl&st_refDomain=www.facebook.com&st_refQuery=/

भो, मलाई चाहिँदैन आरक्षण
साँझ फेसबुक खोल्ने बित्तिकै महिला मित्रको स्ट्याटसमा आँखा ठोक्कियो। लेखिएको थियो– म पुरुष समान भएकाले महिला भएकै कारण कोटा चाहिँदैन। भनाइ घत पर्योट अनि फर्काएँ- म समानता खोज्छु भने म पनि पुरुष समान सार्वजनिक यातायातका साधनमा उभिएरै यात्रा गर्न सक्छु, म महिला हुँ, मलाई पनि आरक्षण चाहिँदैन।
वास्तवमा भन्ने हो भने आरक्षणले मानिसलाई कमजोर बनाउँछ। हामी एकातिर समान हक र अधिकारका कुरा गर्दै हिँड्छौँ अनि अर्कोतिर आरक्षणको भिख पनि माग्दै हिँड्छौँ। यो लज्जास्पद होइन र? हो, प्रकृतिले शारीरिकरूपमा महिलालाई भन्दा पुरुषलाई सवल बनाएको छ। यसको अर्थ यो हुँदै होइन कि हामी केही समयको यात्रामा उभिने सामर्थ्य नै राख्दैनौँ। महिलामा आइपर्ने कतिपय शारीरिक समस्याको ज्ञात जो कोहीलाई पनि छ। आफूलाई समस्या परेको बखत कसैसँग सहयोग माग्दा जो कोही पनि सहयोग गर्न अघि बढ्छन्। यो सँगै जोडौँ सार्वजनिक यातायातमा सल्बलाउने गिद्धे नजर र हातहरू पनि। महिलामाथि हुने यस्ता दुर्व्यवहारहरूको समाधान पनि आरक्षण पक्कै होइन। नेपालको फितलो कानुन त्यसको मुख्य कारण हुन सक्छ। आरक्षणले हामीलाई भाग्न त सिकायोे सँगै त्यस्ता राक्षसी प्रवृत्तिको सामना गर्ने हिम्मतलाई पनि त्यही सिटमुनि बाँधिदियो।
समानताको वकालत गर्दै हिँड्ने कति महिला अधिकारकर्मीले त डलरकै खेती गर्ने व्यवसाय बनाएका छन् आरक्षणलाई जो स्वयम् पुरूषबाटै सञ्चालित रोबोट बनेका छन्। सुन्दै हास्यास्पद लाग्छ, सहरमा गुड्ने बसमा आरक्षणको निहुँमा किचकिच गर्दै हिँड्नेहरूले कहिल्यै गाउँका कच्ची बाटोमा घण्टौँ यात्रा गर्ने महिलाको मर्म बुझेका छन्? खै त यो हक र आरक्षण अनि समानता चाहिँ गाउँका महिलालाई? आरक्षणको आवश्यकता त्यहाँ छैन? यहाँ महिला भएकै कारण अन्य कुरामा पुरुष समान बनाइनुपर्ने भाषण दिइन्छ, अनि तिनै किन सरकारी निकायमा लाजै नमानी महिला कोटाबाट सरासर नाउँ निकाल्ने अड्डी कस्छन्? दमाइँलाई दमाइँ भन्दा लाज लाग्छ तर त्यही थर बिकाएर ऊ कोटामा जागिर खान्छ। किन भन्न सक्दैनन् हामी समानता चाहन्छौँ भने हामीलाई कोटा चाहिँदैन, खुलाबाटै लडेर पनि अघि आउन सक्छौँ भनेर?
हामीलाई महिला भएकै कारण आरक्षण आवश्यक छैन। पक्कै पनि कहिलेकाहीँ महिलामाथि आइपर्ने विकराल परिस्थितिलाई आरक्षणले राम्रै सुविधा दिएको छ तर त्यस्तो विशेष परिस्थिति पुरुष साथीहरूलाई कहिल्यै आइपर्दैन होला र? के हामीमध्ये कसैले यी कुरामा कहिल्यै ध्यान दिएका छौँ? मैले धेरै पटक सार्वजानिक यातायातमा चढेर यात्रा गर्दा देख्ने गरेकी छु दयनीय दृश्य जहाँ महिला आरक्षण सिटमा बसिरहेका राम्ररी उभिनसम्म गाह्रो पर्ने वृद्ध पुरूषलाई उभ्याएर कलेज पढ्ने उमेरका दिदीबहिनीलाई बसाइन्छ। के कहिल्यै हामीले पाएको सुविधाको सही ढङ्गले उपयोग गरेका छौँ? ती वृद्धलाई उभ्याएर सवल हामीले सजिलो गरी यात्रा गर्नु जायज हुन सक्छ?
सबैभन्दा पहिले हामीले यो बुझ्न जरुरी छ– समस्याले कहिल्यै आरक्षण छुट्टाउँदैन। महिला, पुरुष, दलित, जनजाति जो कोहीलाई पनि समस्या आइपर्न सक्छ। महिलालाई महिला भएकै कारण समस्या पर्ने त्यसैले आरक्षण चाहिने अनि पुरुषलाई पुरुष भएकै कारण समस्या नपर्ने सोच नै गलत छ। भलै समस्याका प्रकार अलग होलान्। यति बुझेर हेर्ने हो भने हामीमध्ये कसैलाई पनि आरक्षण आवश्यक पर्दैन, यदि अप्ठेरो परिस्थितिमा महिलाले पुरुषलाई अनि पुरुषले महिलालाई सहयोग गर्न अघि सर्ने हो भने। साथै सामाजिक र नैतिक शिक्षाको पनि त्यति नै आवश्यकता छ। आरक्षणका नाममा हाम्रो देशका एनजिओकर्मी दिदीबहिनी जति सक्रिय हुनुहुन्छ र आरक्षणका निम्ति डलरमार्फत जुन 'चेतना' निर्माण गरिरहनुभएको छ, त्यस्तो 'उन्नत' चेतनाले कमसेकम मलाई भने फिटिक्कै छुन सकेको छैन। त्यसैले हो, म महिला हुँ तर म
पुरुष समान जिउन चाहन्छु भने पुरुषले झैं झुन्डिएरै यात्रा गर्न सक्छु। मलाई केवल महिला भएकै कारणले आरक्षण चाहिँदैन।
नागरिक दैनिकमा प्रकाशित मिती २२ भाद्र, २०७२

Saturday, May 23
आँशुमा अनुदित सहिद
उखुम भीड चिच्याहटले
अचेल ओझेलमा पार्दैछ
नेपथ्यमा बज्दै गरेको
घण्टाघरको
टिङ् टिङ्लाई ।
अचेल ओझेलमा पार्दैछ
नेपथ्यमा बज्दै गरेको
घण्टाघरको
टिङ् टिङ्लाई ।
हजारौ षड्यन्त्र लुकेको
त्यो गोप्य महल
नारायणहिटीले
गिज्याउँदै छ
हाम्रो इतिहासलाई ।
त्यो गोप्य महल
नारायणहिटीले
गिज्याउँदै छ
हाम्रो इतिहासलाई ।
पृथ्वीको शालिक खडा छ
चेतावनी दिँदै
मूकदर्शक छौँ हामी
भुलेर उनको
उपदेशलाई ।
चेतावनी दिँदै
मूकदर्शक छौँ हामी
भुलेर उनको
उपदेशलाई ।
अग्ला महलहरू बिच
छोपिँदै गरेको धरहरा
लुकेर हेर्दैछ
झुक्दै गरेको
हाम्रो स्वाभिमानलाई ।
छोपिँदै गरेको धरहरा
लुकेर हेर्दैछ
झुक्दै गरेको
हाम्रो स्वाभिमानलाई ।
सहिदगेटका नाङ्गा सहिदहरू
घाँटीमा माला भिरेर
आँखामा आँशु लिई
सम्झदै होलान्
भूपीलाई-
'बनेन मुलुक दुई चार सपुत
मरेर जाँदा नि ।'
घाँटीमा माला भिरेर
आँखामा आँशु लिई
सम्झदै होलान्
भूपीलाई-
'बनेन मुलुक दुई चार सपुत
मरेर जाँदा नि ।'
नेपालीपत्रमा प्रकाशित मिती : शुक्रबार, 16 माघ, 2071
http://www.nepalipatra.com/news/detail/12551/22
Saturday, May 9
भ्रमरहित वर्तमान
सपनै सपनाहरूको चुलीबाट एउटा सपना टपक्क टिपेर कुनै दिन मेरो अँगालो भरी सजिएर उसले भनेकी थिई– ‘कान्छु, हाम्रो छोरीको नाउँ दिलाशा राख्ने है ।’
एकाबिहानै कसैले मेरो हातमा रातो रङ्गीन कागज थमाएर गयो । विवाहको कार्ड भित्र दिलाशा नाउँ देखेपछि म झस्किएँ एकपल अनि मेरो मस्तिष्कमा विगतको हरेक क्षण मडारिन थाल्यो ।
***
सिनेमा हेर्न बसे झैं एकाएक मेरो मानसपटलमा अतितका प्रत्येक दृश्यहरू घुम्न थाले। खुसी के हो? के होला सुख? कत्रो होला आकाङ्क्षाको सगरमाथा? कहाँ होला चाहनाको अन्तिम बिन्दु? के हो प्रेम? अनि सर्मपण? केलाई भनिन्छ त्यो ? धेरै पटक आफ्नै दाँतले आफ्नो जिब्रो टोकेको याद छ मलाई– अरे यार अनि कसरी गर्न सकिन्छ कसैलाई आफूलाई भन्दा धेरै बिश्वास ? कहाँबाट जन्म हुन्छ धोका र विश्वासघातको ? त्याग ? कसका लागि गरिन्छ त्यो ? सही र गलतको मापन कसरी गरिन्छ ? थाहा छ पीडाले सबैलाई सताउँछ अनि दुखाउँछ ।
यति बुझ्दा बुझ्दै पनि मान्छे कसरी अरूलाई पीडाको समुन्द्रमा धकेलेर आफू खुसीको सागरमा तैरिन सक्छन् होला! चोटको साथमा किन सधै आँसु मात्र आउँछ? के सधैं एकै खाले पीडाले उत्तिकै आँसुको आहाल जमाउँछ होला र ? उसो त म बेतुकका कुराहरू सम्झेर मनमा खेलाएर बस्ने मान्छे त हैन, तर आज अनायासै यी प्रश्नहरू कुन्नि किन हो गुडुल्किँदै छन् भित्र भित्रै । मैले आफ्नै जीवनसँग यो प्रश्न सोध्न पर्ने थियो । वर्षौ पहिले तर त्यो पल मेरो जीवन केवल मुकदर्शक बनिदियो, न बोल्यो न केही बुझायो । बन्यो त केवल जिउँदो लाश।
मैले जीवनमा जे जे पाएँ त्यो चाहना थियो या भनौं मेरो चाहना सबै प्राप्त भयो । मलाई आफ्नो जीवनसँग गुनासो छैन, न त कहिले थियो नै । म कहिले केही कुरा सोचेर गर्दिनँ, बरु गरेपछि सोच्छु । जीवन एउटा नाटक हो, मेरो जीवन पनि त्यस्तै नाटक लाग्छ मलाई। आफ्नो भूतलाई नजिकबाट नियाल्ने हो भने मलाई कुनै नाटकघरमा अद्भूत अनौठो किसिमको नाटक मञ्चन हुँदै गरेको महसुस हुन्छ । जीवनले दियो मलाई मैले चाहेको हरेक खुसीका धर्साहरू । कहिले केही नपाउँदा पनि रोइन म, कहिले सबै पाउँदा पनि हाँस्न सकिन म ।
कहिले अपूर्ण हुँदा पनि हाँसेको थिएँ म, कहिले पूर्ण हुँदा पनि रुँदै थिएँ । त्यसैले सायद जीवनलाई जीवन भनिएको रैछ, कहिले सरल भएन त्यो । त्यो त स्वचालित थियो । म त जीवनरुपी नाटकको एक पात्र, डाइरेक्टर अरु नै कोही थियो । म डाइरेक्टरको निर्देशन बमोजिम आफ्नो भूमिका निभाउँदै थिएँ । जीवन अँजुली भरीको पानी रैछ जसको भाग्य बलियो छ उसले धेरै पाउँछ नत्र थोरै । मैले कहिले हद पार गरेर रोज्दा नपाएको कुरा मोह हराएसी पाएँ । माया मारिसकेसी देखायो जीवनले सपना पूरा हुने आशाका स–साना किरणहरू।
मलाई कहिले रिस उठेन, कहिले दया जागेन, न त कहिले गुनासो रह्यो आफ्नो जीवनसँग । मलाई गुनासो थियो बरु अरु कसैको जीवनसँग, जसको जीवनमा मेरो अस्तित्व अमूर्त बनेर बसेको थियो । म त्यो सम्मान या त्यो स्थानको लायक नै थिइन कहिल्यै । हरसम्भव प्रयास गरेँ उसको जीवनबाट आफ्नो अस्तित्वको सर्वनाश गर्न मलाई के थाहा थियो र त्यो गर्न खोज्दा म उसको अस्तित्वको हत्या गर्दै थिएँ भनेर ! अरे कोही कसैलाई कसैको यति धेरै चाहना यति धेरै प्रेम पनि हुन्छ र ! कति पटक ऊ तयार थिई मेरो उपस्थितिलाई आफ्नो जीवनबाट पर धकल्न, म कसरी खुसी हुन सक्थेँ र कोही मेरो खुसीको लागि आफ्नो खुसीको मलामी जाँदै गरेको देख्दा । अँ कतै कतै यी र यस्तै कुराले घचघचाउँछ जीवनलाई ।
एकान्तमा आफैंलाई खोजी गर्ने क्रममा म आफ्नो मनको फ्ल्यासब्याक बटनलाई थिच्छु । हेर्दै जाँदा जीवन एक ठाउँमा गएर टक्क अडिन्छ । ती सम्झनु पर्ने कुराहरू त होइनन् तर पनि आइदिन्छ अवचेतन मनमा नचाहँदा नचाहँदै । नियतिले कस्तो मिठो मजाक ग¥यो मसँग त्यतिबेला । मेरो लागि त मिठै थियो बनिदियो नमिठो तितो र टर्रो अरु कसैको लागि । त्यसले सधै अन्तरकुन्तर केलायो, निफन्यो । कहिले मेरो चाहना पन्छायो कहिले अरु कसैको चाहना पन्छायो । फेरि निफन्यो । अन्तिममा पन्छिने क्रममा अरुकै चाहना पन्छियो सँगालिने भागमा मेरै चाहनाहरू मात्रै सँगालिए ।
यसो सोच्दै गर्दा एकाएक स्पर्श गर्छ उसको सम्झनाले । को भनेर सम्बोधन गरौँ म उसलाई, प्रेमी भनौँ सायद कहिले त्यो किसिमको प्रेम पलाएन मेरो मनमा उसका लागि । साथी भनौँ ऊ मलाई आफू रित्तिएर प्रेम गर्थी । अनौठो सम्बन्ध थियो हाम्रो, मैले नमागेरै सबै थोक पाउँथे ऊ बाट । उसले चाहेर पनि केही मागिन मसँग। म बुझ्थेँ उसको मप्रतिको प्रेम, न त उसलाई आफूलाई प्रेम गर्न रोक्न सक्थेँ म, न त उसले कहिले आफूलाई प्रेम गर्नैपर्ने चाहना राखी मेरो सामु । ऊ सधैं आफ्नो मनको गाग्रो खाली पारेर मेरो मनको घडा भर्न तम्सीरही।
एउटा यस्तो मोड आएको थियो जीवनमा जुन मोडमा पुगेपछि सोचेको थिएँ मैले सधैंका लागि उसको हात थाम्छु भनेर। मेरो आफ्ना सपनाहरूका सारा बाटा बन्द भैसकेका थिए। मलाई उसको माया लाग्यो या उसको एकोहोरोपन प्रति दया लाग्यो कून्नि के भयो! जे होस् मैले स्वीकारेँ उसलाई अझ भनौ मैले सम्झौता गर्ने निर्णय लिएँ आफ्नै जीवनसँग आफ्नै मनसँग । उसो त त्यसलाई दयाको नाउँ कसरी दिउँ, म कयौँ पटक रोएको छु उसको पीडामा उसँगै। उसको हाँसोमा आफ्नो पनि मुस्कान मिसाएको छु मैले । खैर, उसको जीवनको क्यानभाषमा छर्की दिएँ खुसीको रङ्गको सानो छिटा जीवनभरीलाई पुग्ने रङ्ग दिने शर्तमा।
ऊ त्यो थोरै छिटालाई पनि धेरै उपयोग गर्न खोज्थी । आखिर उसलाई रङ्गाउनु थियो आफ्नो सँगै मेरो जीवन पनि । मेरा श्यामश्वेत रहरहरू बिलिन हुने तर्खरमा थिए, । ऊ मेरो चाहना थिइन तर ऊ मेरो जिम्मेवारी बनिदिई । मैले सोचेको थिएँ जीवनको यात्रामा समयले साथ दिउन्जेल सधैं हात थामेर हिँड्छु भनेर । उसको मनको बिश्वासले अर्को ऊर्जा दिन्थ्यो मेरो मनलाई । मलाई वास्तविक्तामा जिउनु थियो, मलाई थाहा थियो म उसको प्रेम थिएँ अनि म आफै जोडिन गएँ उसको जीवनमा उसका अप्राप्य सपनाहरूलाई बिपनाको बाटो देखाउन । भन्ने नै हो भने आफैंले देखाउन थालेँ उसलाई हाम्रो अकल्पनीय भविष्यको धमिलो धमिलो मानचित्र ।
फेरि पनि नियतिले अरू नै केही लेखेको रैछ । समय हाम्रो साथमा रहेन । ऊ मसँगै थिई त्यसले डोहोराएर पुर्याउने अर्को मोडसम्म । जिन्दगीले उसको साथमै पुर्यायो मलाई त्यो दोबाटोमा जुन दोबाटो पुगेपछि मलाई रोज्नु पर्ने भयो आफ्नो प्रेम र जिम्मेवारी मध्ये कुनै एक । दुबैलाई सँगै लिएर हिँड्न सम्भवको कुरा थिएन । अचम्म लाग्छ जीवनलाई फेरि दिनु नै थियो भने किन खोसेर लग्यो मेरा सपनाहरू ! त्यो त ठिकै थियो फेरि अँध्यारोमै धकेल्नु थियो त किन दियो त उसलाई उज्यालोको सानो प्रकाश ? नियतिलाई खोस्नु रैछ उसको जीवनको हाँसो, मलाई मेरा खुशीहरू दान दिएर । गज्जबको खेल खेलिदियो त्यसले । उसले आफ्ना सपनाहरू प्राप्त गर्न मैले मेरा सपनाहरूको दहासंस्कार गर्नु पर्ने थियो, मैले मेरो सपनाहरू प्राप्त गर्न उसलाई उसका सपनाहरूको बली चडाउन पर्ने थियो । मैले जिम्मेवारी त्यागेँ आफ्नो प्रेमको लागि । उसले आफ्नो प्रेम त्यागी मलाई सधै खुसी राख्न पर्ने जिम्मेवारीलाई सम्झेर । अचेल लाग्छ प्रेम पनि एउटा सम्झौता हो । आफ्नो खुसी र सन्तुष्टिका लागि गरिने सम्झौता । म सजिलै अड्कल काट्न सक्थेँ उसको मनोदशा सायदै कतै खुसी थिई मेरो खुसी सम्झेर, कतै दुःखी थिई होली मृत्युबरण गरेको आफ्ना रहरहरूको शोकमा। कतै रोई होला मैले सधै साथ दिन्छु भनेर दिएको पुरा हुन नसकेको बाचा सम्झेर, कतै हाँसी होली आफूले सधै खुसी राख्छु भनेर पूरा गरेको आफ्नो बाचा सम्झेर।
खै किन खेल्यो जीवनले यस्तो खेल, कसैलाई हँसाउन कसैलाई रुवाउनै पर्ने यो नियम हो या बाध्यता ? म अरुको नहुन्जेल ऊ मेरै भैरही । उसले सधैं मेरो हाँसो हेरी आफ्नो सन्तुष्टी भन्दा अगाडि । गन्तव्य थिएन तर पनि हात थामीरही मेरो । उनी एकै ठाउँमा लाखौं पटक घुमीरही अनि अन्त्यमा महसुस भयो सम्बन्ध जहाँबाट सुरु भएको थियो त्यहीँ रहेछ त्यसको अन्तीम बिन्दु पनि । सायद सम्बन्ध सुरु नै भएको थिएन, एउटा भ्रम थियो त्यो । म अरुको भएपछि बिदाइको अन्तिम साइत दिन ऊसँग भएको त्यही आफ्नो रित्तो गाग्रोलाई आफ्नै आँसुले भरेर मेरो सुन्दर भविष्यको प्रार्थना गरेर बिलिन भै मेरो जीवनबाट।
मैले उसलाई केही पलको लागि “एक” दिएँ प्रफुलित बनाएँ, अनि केही छिनमै लुटेर हिँडेँ उसको साथको “सय” सँगै आफूले दिएको एक पनि तर अझै मलाई कुनै गुनासो नभिराई गै ऊ । आफ्नै जीवनलाई सयौ प्रश्नहरू खडा गरेर ।
***
अनि ऊ एक्लैले पोती जीवनलाई सुन्दर पाटीमा, आज पूर्ण छे ऊ । नियतिले उसको एउटा खुसी खोस्यो र खोलीदियो लाखौँ मुस्कानको ढोकाहरू । आज ऊ सफल छे, एक सफल गृहीणी, एक सफल आमा । आज देखेँ उसको आँखामा सन्तुष्टीको चम्किलो प्रकाश जब आफ्नी छोरीको बिहेको निम्तो दिँदै थिई मलाई। जाँदा जाँदै आज छोडेर गई आफ्नो उही पुरानो मुस्कानको मिठो छाप मेरो नयनभरी। के बिर्सी होली र उसले आफ्नो अतितको अति प्रिय म पात्रलाई ? हुन त अचेल मभन्दा प्रिय मेरा यादहरू होलान् । ती यादहरू भन्दा अझै प्रिय उसको आफ्नो जिम्मेवारी । उतीबेला उसलाई जाने बेला भनेको थिएँ– सधै खुसी हुनू भनेर । आज ऊ मुस्काएकी छे भ्रमरहित आफ्नो वर्तमानमा ।
सेतोपाटीमा प्रकाशित मिति: शनिबार, बैशाख १२, २०७२
http://setopati.com/sahityapati/27334/
फेरि उठ्छौँ, ठडिन्छौँ हामी
२०७२ साल बैसाख १२ गते। दिउँसोको १२ बजे आसपास। दिन हुँदाहुँदै पनि कालो निष्पट्ट अन्धकार बनिदियो सारा नेपालीका लागि। जमिनसँगै हल्लिए धेरैका कल्पना, खल्बलिए कयौँ सपना, क्षतविक्षत बने कति मुस्कान र हाँसो, नोक्सान भयो कयौँ बस्तीसँग जोडिएका खुशीको र तहसनहस बन्यो वर्तमान। भत्किए कति बिपना अनि चर्किए लाखौँ वास्तविकता।
अझै लाग्छ सायद, यो नमिठो विपना केबल एउटा सपना भैदिए, झस्किएर बिउझिँदा काठमाडौंको सुन्दर आकास छुन अग्रसर धरहरा त्यहीँ देखिन्थ्यो होला। देखिन्थ्यो होला ननुघी अटल उभिएको हाम्रो सान त्यहीँ। अपसोच त्यो एउटा अकल्पनीय वास्तविकता हो। पत्याउन अझै गाह्रो पर्छ, धरहरा रहेन अब। हो धरहरा ढलेको हो तर उसको उचाई घटेको छैन। लडेको हो धरहरा तर हाम्रो स्वाभिमान डग्मगाएको छैन।
मन एकाएक कहालिँदै रुन खोज्छ सम्झँदा ती ऐतिहासिक धरोहर। हाम्रो अतित लुकेका सम्पदा। पुर्खाले विश्वासका साथ सुम्पेका वहुमूल्य नासोहरू। कति तीतो सत्य त्यो। हो स्वीकार्छु भत्केका हुन् बुढ्यौली लागेका धरोहरहरू, थिचिएका हुन् पुरानिएका सम्पदाहरू तर अझै नयाँ छन् इतिहास भित्र लुकेका हाम्रा गाथाहरू। झस्को पस्छ मन भित्रै, लौ ठाउँ ठाउँ चर्कियो अरे स्वयम्भूका भित्ताहरू। के भूकम्पले चर्कायो होला र शान्तिका सन्देशहरू? न्याय अन्याय छुट्याउने दुई आँखाहरू?
भक्कानिदै पुग्छन् यी आँखाहरू ती बस्तीहरूमा, जुन बस्ती कुनै बेला सुन्दर र शान्त थियो, कहालिँदै आएको त्यही दिनको छप्पन्न सेकेन्डले खँडहर बनाएका त्यही सुन्दर बस्तीतर्फ। देख्छु भर नभएको वर्तमानका आँखा भित्र भविष्यको धमिलो आशा, टुटेका सपनाहरूको भग्नावशेष, अन्तिम लाठी गुमाएका वृद्ध मुहार, जिउन लालायित त्रसित आँत, अनि देख्छु काख गुमाएका टुहुराहरू। ए, प्रकृति तँ कसरी यति क्रुर बनिदिइस् हाम्रो लागि?
बिपत्तीले खोसिदियो हजारौँ श्वास अनि कयौँ जिउने चाहना। तर अहँ खोस्न सकेन हामी बिचको भाइचारा अनि हामीभित्र गढेको राष्ट्रप्रेम। कति मानवलाई मारी दियो तर आँच पुराउन सकेन हामी भित्र जीवित रहेको मानवतालाई। प्रकृति निर्दयी बनिदियो त्यसको निर्दयीपनलाई हामीले बलियो बन्ने आधार मान्यौँ। हामी लडेका छौँ, ढलेका छौँ तर मरेका हैनौ। उठ्छौ र ठडिन्छौ अवष्य एकदिन बलियो मजबुतीका साथ टक्टकाएर लागेका धुलो।
भूकम्पबाट त बच्यौँ हामी अब हामीलाई जिउनु छ। बनाउनु छ भत्केका घर, टाल्नु छ फाटेका मन। देश लुलो बनेको छ मिलेर तङ्ग्राउनु छ। एक फेर सकारात्मक भई यसरी सोचौँ न, “विकास अघिको विनास यस्तै भयानक हुन्छ। के थाहा प्रकृतिले हामीलाई अन्याय गरेर न्याय गर्न खोजेको हो कि।” र त्यो तब सम्भव छ जब हामीले आफ्नो आत्मविश्वास दरिलो बनाइ मिलेर देश बनाउन अघि सर्छौं।
पहिलोपोस्टमा प्रकासित - | 8th May 2015 | २५ बैशाख २०७२
http://www.pahilopost.com/content/-3995.html

Subscribe to:
Posts (Atom)
My Blog List
Powered by Blogger.