नजित्दैमा सधैभरी हार हुने भए
फूल छेऊका सबै पात झार हुने भए ।
को रुन्थ्यो र भोको गरीब भएर
धनीमानी सबै यहाँ दिलदार हुने भए ।
दिने थेनौ तिम्ले सायद चोट यति धेरै
दुख्दा सबै रुन्छन्, भन्ने बिचार हुने भए ।
बगाउथेँ तप्पतप्प आँशुसँगै यादहरु
नयनलाई तिम्रो तस्वीर भार हुने भए ।
Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts
Tuesday, March 1
Tuesday, January 13
गजल
तिम्रै नाउँमा आज एउटा गुलाव पठाकी छु
संगै एउटा चिट्ठीमा जवाफ पठाकी छु ।
हदै पार गर्यो अरे मेरो पागलपनले
घरी रुने घरी हाँस्ने, स्वभाव पठाकी छु
मेरो मुटु लिन आउनु तिम्रो ब्यापार घाटा भए
लीलामी नै गर्यौ माया, हिसाब पठाकी छु ।
उभिन्छौ त भन एक ताल प्रेमिल कठ्घरामा ?
खुशी हुनु तिम्रै भागको निसाफ पठाकी छु ।
Wednesday, December 3
हितको माँया एक्कासी टाँढिदा पो थाहा भयो
हितको माँया एक्कासी टाँढिदा पो थाहा भयो
अलिकती माँया अन्तै, बांढिदा पो थाहा भयो
फिक्का फिक्क भयो क्यारे मेरो प्रित उस्कोलागि
अन्तै तिर प्रेमिल रङ, गाढिदा पो थाहा भयो
जल्ने धेरै हुन्थे होलान् हाम्रो जोडी देख्दा
पापी नजर लाग्यो क्यारे, भांढिदा पो थाहा भयो
स्वप्न यति सुन्दर थियो बिपना नै बिर्सिएछु
बिछोड कती घातक हुन्छ, छुटिदा पो थाहा भयो
Sunday, November 2
दिन सक्छौ ?साचै एउटा गुन देऊ एकपटक !
दिन सक्छौ ?साचै एउटा गुन देऊ एकपटक !
तिमि मेरो,मलाई तिम्रो हुन देऊ एकपटक !!
नखसोस कहिले त्यो मोती दाना आँखाबाट
खसिहाल्यो येदी भने,छुन देऊ एकपटक !!
माग्दीन म अप्राप्य खुसी आफ्नो लागी
कसम भन्दिन कहिलै,जून देऊ एकपटक !!
बीसाई दिन्छु सबै पिडा काख राखी साँची
अङ्गालेर घुक्क घुक्क रुन देऊ एकपटक !!
तिमि मेरो,मलाई तिम्रो हुन देऊ एकपटक !!
नखसोस कहिले त्यो मोती दाना आँखाबाट
खसिहाल्यो येदी भने,छुन देऊ एकपटक !!
माग्दीन म अप्राप्य खुसी आफ्नो लागी
कसम भन्दिन कहिलै,जून देऊ एकपटक !!
बीसाई दिन्छु सबै पिडा काख राखी साँची
अङ्गालेर घुक्क घुक्क रुन देऊ एकपटक !!
Tuesday, October 28
फुले पछि फूल झर्नै पर्ने येहाँ
फुले पछि फूल झर्नै पर्ने येहाँ
जन्मे पछि मान्छे मर्नै पर्ने येहाँ !
घृणा स्वार्थ मात्रै देखिन्छ नि किन
प्रेमको बिउ तर, छर्नै पर्ने येहाँ !!
दुई जोडी मलामी त्यो कमाउनलाइ
मर्नु अघि केही गर्नै पर्ने येहाँ !!!
चल्नै पर्ने नियम यो जिन्दगीको चक्र
बच्चा बाट बुढ्यौलीमा सर्नै पर्ने येहाँ !
बनाइदिए किन रीती इश्वरले
मानिसको चोला फ़ेर्नै पर्ने येहाँ !!!
जन्मे पछि मान्छे मर्नै पर्ने येहाँ !
घृणा स्वार्थ मात्रै देखिन्छ नि किन
प्रेमको बिउ तर, छर्नै पर्ने येहाँ !!
दुई जोडी मलामी त्यो कमाउनलाइ
मर्नु अघि केही गर्नै पर्ने येहाँ !!!
चल्नै पर्ने नियम यो जिन्दगीको चक्र
बच्चा बाट बुढ्यौलीमा सर्नै पर्ने येहाँ !
बनाइदिए किन रीती इश्वरले
मानिसको चोला फ़ेर्नै पर्ने येहाँ !!!
Monday, October 20
म गजल लेख्दिन्छु, अनि गीत लेख्दिन्छु
म गजल लेख्दिन्छु, अनि गीत लेख्दिन्छु
दुनियाले इर्ष्या गर्ने, प्रीत लेख्दिन्छु !!
बन्न सके "हामी" मिलेर "तिमि" अनि "म"
भन साथ दिन्छौ? मिठो अतित लेख्दिन्छु !!
प्रतिस्पर्दी बनाउछौ येदि माँयाको खेलमा
मै हारेर बरु तिम्रै , जित लेख्दिन्छु !!
तिम्रो मुस्कान अनि सफल जिन्दगीको कथा
मेरो पीड़ा अनि आँसू , सित लेख्दिन्छु !!
दुनियाले इर्ष्या गर्ने, प्रीत लेख्दिन्छु !!
बन्न सके "हामी" मिलेर "तिमि" अनि "म"
भन साथ दिन्छौ? मिठो अतित लेख्दिन्छु !!
प्रतिस्पर्दी बनाउछौ येदि माँयाको खेलमा
मै हारेर बरु तिम्रै , जित लेख्दिन्छु !!
तिम्रो मुस्कान अनि सफल जिन्दगीको कथा
मेरो पीड़ा अनि आँसू , सित लेख्दिन्छु !!
Sunday, August 10
गजल
हेर्नु जती हेरी हाल्यौ के को आशा राख्छौ अब
फेर्नु जती फेरी हाल्यौ के को आशा राख्छौ अब ।
अरु सामु इमान्दार र सोझो बन्दै तिमि
चोर्नु जती चोरी हाल्यौ के को आशा राख्छौ अब ।
लेखया थिए भाबीले त तिम्रो मेरो मिलन कथा
केर्नु जती केरी हाल्यौ के को आशा राख्छौ अब ।
छता छुल्ल पोखिए थ्यो खुसी, हासो मेरो
सोर्नु जती सोरी हाल्यौ के को आशा राख्छौ अब ।
फेर्नु जती फेरी हाल्यौ के को आशा राख्छौ अब ।
अरु सामु इमान्दार र सोझो बन्दै तिमि
चोर्नु जती चोरी हाल्यौ के को आशा राख्छौ अब ।
लेखया थिए भाबीले त तिम्रो मेरो मिलन कथा
केर्नु जती केरी हाल्यौ के को आशा राख्छौ अब ।
छता छुल्ल पोखिए थ्यो खुसी, हासो मेरो
सोर्नु जती सोरी हाल्यौ के को आशा राख्छौ अब ।
गजल
हार्नेहरु हार्दै गरुन्, म जित्ने तयारीमा छु ।
शत्रुहरुले जहर छरुन्, म जित्ने तयारीमा छु ।।
चाकड़ी र चाप्लुसे छ, संस्कार अचेल भरी ।
निउँरिदै तलै परुन्, म जित्ने तयारीमा छु ।।
आफ्नै दुनो सोझ्याउन, लिप्त भए सबैजना ।
आफ्नै तुम्बो भरुन्, म जित्ने तयारीमा छु ।।
दुःख पिडा अनि आँशु, झेल्न यहाँ नसकेर ।
हुतिहारा सबै मरुन्, म जित्ने तयारीमा छु ।।
सफलताको उकालो त्यो, उक्लनलाई गाह्रो हुँदा ।
कमजोर जति तल झरुन्, म जित्ने तयारीमा छु ।।
शत्रुहरुले जहर छरुन्, म जित्ने तयारीमा छु ।।
चाकड़ी र चाप्लुसे छ, संस्कार अचेल भरी ।
निउँरिदै तलै परुन्, म जित्ने तयारीमा छु ।।
आफ्नै दुनो सोझ्याउन, लिप्त भए सबैजना ।
आफ्नै तुम्बो भरुन्, म जित्ने तयारीमा छु ।।
दुःख पिडा अनि आँशु, झेल्न यहाँ नसकेर ।
हुतिहारा सबै मरुन्, म जित्ने तयारीमा छु ।।
सफलताको उकालो त्यो, उक्लनलाई गाह्रो हुँदा ।
कमजोर जति तल झरुन्, म जित्ने तयारीमा छु ।।
Subscribe to:
Posts (Atom)
My Blog List
Powered by Blogger.